Sunil Ghimire.
All writing

मुक्तक · Muktak

मुक्तक by Sunil Ghimire

तिखा बचनले फाटेको मन सिएर देखाउनु छ !
बचन लाउनेहरुकै आशिर्बाद लिएर देखाउनु छ !
जिन्दगीको गोरेटोमा खुट्टा तान्नेहरु तानिरहुन्,
डग्मगाउदिन येहि समाजमा जिएर देखाउनु छ !!

Sunil Ghimire · जून २०२१

Next काठमाडौंको बिहान

Thoughts on this one? Send me a message.