बिहान उठ्दा झ्यालबाट
सहरको धुवाँ भित्रिन्छ,
कतै टाढा पहाडहरू
सम्झनामा मात्र बाँकी छन् ।
दिनभरि हिसाब गर्छु,
कति कमाएँ, कति गुमाएँ ।
राति कापी खोल्दा थाहा हुन्छ,
गन्न नसकिने पनि केही रहेछ ।
बाटो लामो छ भन्छन्,
मलाई त हिँड्नु नै गन्तव्य लाग्छ ।
Sunil Ghimire